We are committed to delivering a holistic education that enables students to reach their full potential. Our mission is to inspire young minds, encourage creativity, and instill values that equip students for success in a constantly evolving world.
स्थानीय स्तरमै गुणस्तरीय शिक्षाको आवश्यकतालाई मनन गरेर स्थानीय वासिन्दाको सहकार्यमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका र यस वरिपरिका विभित्र क्षेत्रमा सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुको स्थापना हुने क्रम जारी रहेको छ । देशको राजनैतिक परिवर्तनसँगै जनतामा आएको शैक्षिक जागरणले समेत शैक्षिक संस्थाहरुको विकासले गति लिन थालेको छ । सामाजिक विकासको आधारशिलाको रुपमा रहेका शिक्षण संस्थाहरुको विकास र स्तर उन्नति गरी उच्च शिक्षा प्राप्त गर्ने कार्यमा जनचासो र सरोकार बढेको स्पष्ट देख्न सकिन्छ । कपिलवस्तु जिल्ला न्यून मानव विकास सूचाकाङ्क रहेको जिल्ला हो । शैक्षिक अवसरहरुको अभावले जनताको सामाजिक आर्थिक विकासमा दूरगामी प्रभाव पारिरहेको छ ।
यस जिल्लामा देखिएका सबै किसिमका सामाजिक, आर्थिक, राजनैतिक, वातावरणीय आदि समस्याहरुको प्रमुख कारक तत्वको रुपमा न्यून शैक्षिक सूचकहरु नै रहेको विभिन्न सरकारी तथा गैरसरकारी प्रतिवेदनहरुमा उल्लेख गरिएको पाइन्छ । गुणस्तरीय शैक्षिक अवसरहरुको अभावमा केही जनताहरु राजधानी लगायतका स्थानमा महङ्गो शुल्क तिर्न वाध्य छन् भने अधिकांश जनताका छोराछोरीहरु आर्थिक समस्याले पिरोलिएका छन् वा शैक्षिक अवसरहरुबाट बञ्चित नै छन् । कपिलवस्तु जिल्लाका करीव ६ लाख जनताका लागि आठ ओटा क्याम्पसमा स्नातक तहमा सिमित विषयहरुको पठनपाठनबाट पनि जिल्लाको न्यून शैक्षिक अवस्थाको स्पष्ट चित्रण गर्दछ । विशेष गरेर कपिलवस्तु जिल्लाको अग्रणी र सम्पन्न शैक्षिक प्रतिष्ठानका रुपमा स्थापित गौतमबुद्ध माध्यमिक विद्यालयमा उपलब्ध स्रोत र साधनको उपयोग गरी जिल्लाको बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र वरिपरिका क्षेत्रहरु तथा दाङ्ग र अर्घाखाँची जिल्लाका विद्यार्थीहरुलाई समेत सुलभ दरमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने लक्ष्य लिएर स्थापना भएको यस गौतम बुद्ध बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको चासो र सरोकार बढ्दै गएको देखिएको छ ।
What we aim for ?
Our Mission
राष्ट्रको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न सघाउ पूर्याउने,
विद्यार्थीहरुमा समसामयिक वैज्ञानिक, कलात्मक र व्यावसायिक सीपको विकास गर्ने,
जनतालाई उच्च शिक्षाको अवसर सुलभ गराउने,
शिक्षाको माध्यमबाट अनुशासित, चरित्रवान, राष्ट्रप्रेमी, सुयोग्य नागरिकको उत्पादन गर्ने
उच्च शिक्षामा क्रमशः स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्ने
Our Vision
क्याम्पसलाई शैक्षिक गुणस्तरको केन्द्र बनाउँदै सामाजिक विकासको मेरुदण्डको रुपमा उभ्याउन सकिन्छ |
सरोकारवालाहरुको सहभागिताले शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ ।
दक्ष जनशक्ति उत्पादन गर्नु नै शैक्षिक गुणस्तरको केन्द्र बनाउनु हो ।
आवश्यक सुविधामा पहूँच र अनुभवले विद्यार्थीको सिकाईलाई प्रभाव पार्दछ ।
कार्यरत जनशक्ति नै क्याम्पसका व्यावशायिक दूतहरु (Brand Ambassador) हुन्
Message from Campus Chief
“Dear Parents, Students, Teachers, and Residents of Kapilvastu, I extend my heartfelt greetings to you all as the Campus Chief of Gautam Buddha Multiple Campus. Our campus, situated in Gorusinge Bazaar, Ward No. 2 of Buddhabhumi Municipality, Kapilvastu, is dedicated to providing quality higher education locally. Established through the combined efforts of education enthusiasts, social workers, intellectuals, politicians, students, teachers, professors, and the general public, our mission is to position education as the backbone of social development. We aim to include indigenous, Dalit, impoverished, and marginalized communities in the mainstream of social progress through education.
Kapilvastu District faces significant challenges due to the lack of educational opportunities, impacting the social and economic development of its people. Gautam Buddha Multiple Campus addresses this issue by offering affordable and quality higher education locally. We are affiliated with Tribhuvan University and offer various subjects at the higher education level. We are committed to delivering quality education using all available physical, human, and social resources. Ensuring a bright future for our students, valuing the investment of parents, and respecting our teachers and staff are our top priorities. Your continuous support, participation, and cooperation are essential for the success of our activities and plans. We look forward to your collaboration in our journey of educational development and excellence.
Ram Prasad Aryal Campus Chief Gautam Buddha Multiple Campus